News Portal

  • मञ्जुश्री फाइनान्सका ग्राहकहरुले एभरेष्ट हस्पिटलको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०८०
    ४१४ पटक
    ७ मंसिर, २०८०

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.ली.बीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार मञ्जुश्री फाईनान्सका सम्पुर्ण कर्मचारी तथा ग्राहक वर्गहरुलाई उक्त हस्पीटलबाट लिईने परामर्श शुल्क बाहेक अन्य जुनसुकै प्रकारका सेवाहरु लिए वापतको विल भुक्तानीमा १० प्रतिशत छुट पाउने सूविधा उपलव्ध गराईने कम्पनीले जनाएको छ।

    फाइनान्सका अनुसार विल भुक्तानी गर्दा वित्तिय सस्थाको मोवाइल बैंकिङ्ग एप, डेविट कार्ड, वा नगद जुनसुकै माध्यमबाट गर्न सकिनेछ । मञ्जुश्री फाईनान्स लिमिटेडले केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंका साथै अन्य २६ वटै शाखा मार्फत नेपाल भरका प्रमुख शहरहरुमा सेवा पुराउंदै आएको छ ।

    प्रतिकृया दिनुहोस्