News Portal

  • एजेन्सी म्यानेजरहरुसँग सूर्यज्योति लाइफ नारायणगढ शाखाको अन्तरक्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८०
    २२१ पटक
    ६ मंसिर, २०८०

    काठमाडौं, । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले ‘सही प्लान’ बीमा योजना बारे एजेन्सी म्यानेजरहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रिजनल म्यानेजर सापकोटाले सही प्लानले बीमाशुल्कको ६ गुणासम्मको आर्थिक सुरक्षाको प्रत्याभूती गर्ने बताए ।

    कम्तीमा ५ वर्ष अवधि र न्यूनत्तम ५ लाख रुपैयाँ बीमांकको बीमा गराउन सक्ने यो योजना १८ देखि ६० वर्ष उमेरसम्मको मान्छेले खरिद गर्न सक्नेछन् ।

    यसबाहेक अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर दुर्घटना बीमा सुविधा, अपाङ्गता, अशक्तता सुविधा र सर्वाधिक ३५ घातक रोगविरुद्धको सुरक्षा समेत समावेश गर्न सकिने रिजनल म्यानेजर सापकोटाले बताए ।

    ४ अर्ब ५४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा १३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६३ रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा कम्पनीको नाफा २६३ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीको हकमा एक्चुअरी भ्यालुएशनपछि कम्पनीको मुनाफामा सामान्य थपघट हुन सक्छ ।

    प्रतिकृया दिनुहोस्