News Portal

  • आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा मंसिर गतेसम्म शतप्रतिशत छुट पाइने

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८०
    ३४२ पटक
    ५ मंसिर, २०८०

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ। व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो ।

    कम्पनीले २०८० मंसिर ४ गतेदेखि मंसिर २४ गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ। कम्पनीको जुनसुकै पोलिसी खरिद गरी नवीकरण नभएका बीमालेखहरु मंसिर २४ गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्