News Portal

  • हिमालयन रिको आईपीओ प्रिमियममा बिक्री खुला, १० कित्ता खरिद गर्न कति चाहियो ?

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०८०
    १३९ पटक
    ४ मंसिर, २०८०

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले आज मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

    यसअघि कम्पनीले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो । तर, निष्काशन अवधिमा तिहारको लामो सार्वजनिक बिदा परेका कारण लगानीकर्ताहरुको सहजीकरण लागि आवेदन दिने समय सारेको थियो ।

    कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गरेको हो ।

    कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

    कम्पनीको आईपीओ न्यूनतम १० कित्ता आवेदन दिन मिल्ने भएकाले लगानीकर्ताले उक्त सेयर खरिद गर्न २ हजार ६० रुपैयाँको जोहो गर्नु पर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस्