News Portal

  • भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८०
    ४४१ पटक
    २६ कार्तिक, २०८०

    काठमाडौं। कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्यद्वय ध्रुव पौडेल र सरोज महतको समेत उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्