आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०८०
१६ कार्तिक, २०८०काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो।
लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त शेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएको जनाएको छ ।