१९ असोज, २०८०काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि.का ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।
तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवि चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरिन् ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गर्नुभयो । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।
फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत ी दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमाका सभापति शेषकान्त भुषल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डे लगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख श्री लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारी र महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


