आर्थीकसंसार संवाददाता२ असोज, २०८०
२ असोज, २०८०काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले धादिङ जिल्ला खनियाबास गाउँपालिकाको ४ वटा वडामा साताव्यापी बीमा सचेतना कार्यक्रम संचालन गरेको हो । कम्पनीले सचेतना कार्यक्रम विभिन्न वडामा बिभिन्न ढाँचामा कार्यक्रम सम्पन्न गरेको हो । बीमा प्राधिकरणले तोके बमोजिम कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
औपचारिक र अनौपचारिक दुबै रुपमा सम्पन्न सो कार्यक्रम २ ,३,४,५ वडामा सञ्चालन गरिएको थियो । कार्यक्रममा गाउँ पालिका अध्यक्ष रणबहादुर तामाङ ज्यू साथै ४ वटै वडाका वडा अध्यक्षहरु , शिक्षक स्वास्थ्यकर्मी , महिला समुह, आमा समुह, कृषक समुह को सकृय सहभागिता रहेको थियो । बिशेष गरि बच्छला उच्च मा.बि मा शिक्षकहरुसँग बीमा कार्यक्रम सम्पन्न गरेको हो ।