News Portal

  • सञ्चयकाेषले अब याेगदानकर्ताकाे दम्पत्तीलाई नै घातक राेग उपचार सुविधा दिने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १९१ पटक
    ३१ भदौ, २०८०

    काठमाडाै‌ं । कर्मचारी सञ्चय काेषले अबदेखि स्वास्थ्य उपचार सुविधा अन्तर्गत याेगदानकर्ताकाे दम्पत्तीलाई नै सुविधा उपलब्ध गराउने भएकाे छ।स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ।

    कोषले सञ्चयकर्तालाई साधारण राेगकाे उपचारका लागी प्रत्येक आर्थिक वर्षमा एक लाख रूपैयाँसम्मको उपचार खर्च दाबी भुक्तानी गर्दै आएकाे थियाे । यसैगरी घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार खर्च साेधभर्ना गर्दै आएकाे थियो। नयाँ याेजना लागू भएसँगै अब यस्तो सुविधा दम्पतीका लागि पनि लागू हुने कोषले जनाएको छ।

    प्रतिकृया दिनुहोस्