News Portal

  • नरेशले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८०
    ४९६ पटक
    ३० भदौ, २०८०

    काठमाडौं । आफ्नो सन्तानप्रति बुबा आमाको एउटै चिन्ता सदाबहार रहिरहन्छ त्यो हो शिक्षा हरेक बाबु आमाले आफ्नो सन्तान लाई उच्च शिक्षा गुणस्तरिय शिक्षा पाओस भन्ने सबैको सोच हुन्छ यसै सन्दर्भमा बिनयि त्रीबेणि गाउँपालिका वडा नम्बर १ दुम्किबास नवलपुर स्थित बिशाल पुस्तक पसलका संचालक नरेश प्रसाद बस्यालले आफ्नो छोरा निकेश बस्याललाई १८औँ जन्मोत्सवको उपलक्ष्यमा बीमा पोलिसी उपहार दिएका छन् ।

    उनले छोरालाई १० लाख बीमांकको पेन्सन सहित ९० बर्ष सम्मको रक्षा बरण हुने सिटिजन जिवन सारथि योजना बीमा योजना उपहार दिएका हुन् । विभिन्न उत्सव, जन्मदिन, छेवर जस्ता कार्यमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा आर्थिक भार न्युनिकरण र शिक्षाको ग्यारेन्टीमा महत्वपुर्ण योगदान पुग्ने विश्वास सहित उनले उक्त पोलिसी दिएको बताए ।

    प्रतिकृया दिनुहोस्