News Portal

  • बर्दगोरीयामा सन नेपाल लाइफको बीमा सम्बन्धि अभिमुखिकरण सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८०
    १९९ पटक
    २६ भदौ, २०८०
    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सुदुरपश्चिम प्रदेशमा जीबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बर्दगोरीया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अतिथि र विशिष्ट अतिथि गा.पा. उपाध्यक्ष र वाड न १ देखी ६ वडा का वाडा अध्यक्षहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
    कम्पनीले सामाजिक  उत्तरदायीत्व अन्तर्गत गरीब बिधार्थीहरुलाई सहयोग स्वरुप श्री भगवती मा.बि. बर्दगोरीया ०३ कैलालीलाई २५ हजारको चेक हस्तान्तरण गर्दै अभिमुखिकरण कार्यक्रम भदौ २६ गते सम्पन्न गरेके हो ।
    उक्त अभिमुखिकरण कार्यक्रममा बर्दगोरीया गाउँपालिका स्थानीय ब्यापारी,अभिकर्ताहरु, जनप्रतिनिधिहरु र कम्पनिका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी, कर्पोरेट कार्यालयमा कार्यरत अन्डरराईटिङ्ग बिभाग प्रमुख रचना घिमिरे समेतको उपस्थीती थियो ।
    प्रतिकृया दिनुहोस्