News Portal

  • एकै पटक १०३ ठाउँको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक

    आर्थीकसंसार संवाददाता७ भदौ, २०८०
    २३२ पटक
    ७ भदौ, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले गैह्रक बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको हो ।

    बैंकका अनुसार विभिन्न १०३ ठाउँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्नेछ । उक्त सम्पत्ति बिक्रीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले उक्त गैह्र बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गरिने बताएको छ ।

    उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले ७ दिन भित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्