काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज÷राष्ट्र निर्माणमा योगदान पु¥याउने महत्वपूर्ण भुमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाँउदा गौरवान्वित महशुस भएको बताए ।
उनले उक्त ट्राफिक कोनहरुले काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएकोे बताए। साथै, आगामी दिनहरुमा समेत सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरे।
कामना सेवा विकास बैंकद्धारा ट्राफिक प्रहरीलाई सहयोग
आर्थीकसंसार संवाददाता६ साउन, २०८०
६ साउन, २०८०- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण