आर्थीकसंसार संवाददाता६ असार, २०८०
६ असार, २०८०काठमाडौं । बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७४४.६३ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ७८० रुपैयाँलाई आधार मानेर गरिएको हो ।
र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।