काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो छोरीको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा राईले भने आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।
सिटिजनको बाल भविष्य योजना अन्तर्गत अध्यक्ष राईले ६ महिनाकी छोरीको १६ वर्षे बिमा गराएका छन् । राईले फजुल खर्च र विकृत प्रबृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित भविष्यको लागि इन्स्योरेन्स गराएका हुन् ।
सिटिजन लाईफ इन्स्युरेन्सको बाल भबिष्य योजनामा पाँच वटा अतिरिक्त सुबिधा रहेका छन् । बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले सिटिजनको बाल भबिष्य योजना अभिभावकको छनोटमा पर्ने गरेको छ ।
अन्नप्रासन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराती, पुर्वअर्थमन्त्री जनार्दन शर्मा, सांसद माधव सापकोटा, प्रदेश सांसद गोम्बु शेर्पा कज्र्याङ, सिटिजन लाईफ इन्स्युरेन्स सिनियर एजेन्सी म्यानेजर किशोर पोखरेल, भेषराज भट्टराई, एजेन्सी म्यानेजर सुरेशबाबु जमरकट्टेल, ध्रुब पराजुली, स्वयंम्भु साखा प्रमुख कल्पना कार्कीलगायतको उपस्थिती रहेको थियो ।
राईले छोरीको अन्नप्रासनमा दिए बीमा पोलिसी उपहार
आर्थीकसंसार संवाददाता१६ जेठ, २०८०
१६ जेठ, २०८०- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह