काठमाडौं । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच कर्पाेरेट कार्यालय, नेपाल एसबिआई बैंक लि., काठमाडौँ, नेपालमा मिति २०८० वैशाख ३ गते (ई.सं. १६/०४/२०२३) मा समझदारी पत्रमा हस्ताक्षर भयो । उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, Syndication, Project Appraisal र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ । नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।
उक्त समझदारी पत्रमा SBICAPS को तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा NSMBL को तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गर्नुभयो । उक्त हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष श्दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध संचालक सि. एस. सेट्टी, SBICAPS का प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष श्री जयती बन्सल तथा अन्य संचालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे तथा SBI, SBICAPS, NSBL एवं NSMBL का अन्य वरिष्ठ महानुभावहरुको गरिमामय उपस्थितिका बीच सम्पन्न भयो ।
समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले गर्वित महसुस गर्नुका साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरीएको छ ।
एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता
आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
३ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने