News Portal

  • डिप्रोक्स लघुवित्तको साधारण सभा फागुन ३० गते, प्रस्तावित लाभांश पारित गर्ने

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७९
    २८८ पटक
    ८ फागुन, २०७९

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा फागुन ३० गते गर्ने भएको छ । सभा होटल सेभेन स्टार प्रालि सौराहा, चितवनामा हुने कम्पनीले जनाएको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
    सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले १० प्रतिशत बोनश शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको यस साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
    साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

    प्रतिकृया दिनुहोस्