News Portal

  • नेप्सेमा नेशनल लाईफको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७९
    ३३९ पटक
    ८ मंसिर, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो ।
    नेप्सेले प्रतिकित्ता ५२१ रूपैयाँ ५७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्य अनुसार कारोबार हुनेछ ।
    इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा नेशनल लाइफ भवन केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
    सभाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
    यस्तै, सभाले २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्