News Portal

  • नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, एशियाको सशक्त पुनर्बीमक बनाउने

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    २६३ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज नवौं बार्षिकोत्सव मनाउने भएको छ ।
    वि.स. २०७१ कार्तिक २१ गते स्थापना भइ औपचारिक कारोबार सुुरु गरेको कम्पनीले यस अवधिमा विभिन्न उचाइ चुम्न सफल भएको छ । कम्पनीले विश्वका ३० भन्दा बढी देशहरुमा व्यवसायिक सम्बन्ध स्थापित गरी विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ ।
    कम्पनीले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई स्थापना कालदेखि आजको अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा समिति लगायत सबै नियामक निकायहरु, बीमा समितिका पूर्व तथा वर्तमान अध्यक्ष तथा संचालकहरु, स्वदेशी तथा विदेशी बीमा तथा पुनर्बीमा कम्पनी, पुनर्बीमा दलाल, आकस्मिक बीमा कोष स्थापनाकालदेखि आजसम्म संचालक समिति र विभिन्न समिति, उपसमितिलाई आभार प्रकट गरेको छ । साथै कम्पनीमा योगदान गर्ने ब्यक्ति, उच्च व्यवस्थापनमा रही योगदान गर्ने वर्तमान तथा पूर्व कर्मचारीहरु, एक्चुरी, सर्भेयर, अभिकर्ता, परमार्शदाताहरु, अनुसन्धानकर्ता, नीति निर्माता, लगायत बीमा क्षेत्रमा कार्यरत सबै प्रति आभार ब्यक्त गरेको छ ।
    यस कम्पनीलाई एशिया प्रशान्त क्षेत्रको एक सशक्त पुनर्बीमकको स्थानमा पुर्याउने प्रतिवद्धता कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले गरेका छन् । कम्पनीको यस लक्ष्यलाई मूर्त रुप दिन सबैको सहयोग, सुझाव र सहकार्य चाहिने उनले बताए ।

     

    प्रतिकृया दिनुहोस्