काठमाडौं । आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमा मार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ । सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले उनका १ बर्षीय छोरा अभिनव तामाङको जन्मदिन मनाएका छन् ।
तामाङले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बेसीशहर शाखाबाट बेल बहादुर तामाङ्गले आफनो १ बर्षीय छोरा अभिनव तामाङ्गको नाममा मेरो मुटु बाल जीवन बीमा योजना अन्र्तगत जारी भएको १५ लाख बरावर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेका हुन् ।
रिलायन्स लाइफले नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ । साथै प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान िगर्न मिल्ने व्यवस्था समेत गरेको छ ।
जन्मदिनमा रिलायन्स लाइफको बाल जीवन बीमा पोलीसी उपहार
आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७९
१६ कार्तिक, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?