
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कूल १०.९८ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयधरधनीहरुलाई वितरण गरिनेछ ।