काठमाडौं । सिटिजन्स बैंकले कार्तिक ४ गते साधारणसभा गर्ने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले बैंकको सोह्रौं वार्षिक साधारणसभाको मिति तय गरेको हो । सभा बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुनेछ ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७८/४/१ देखि २०७९/३/३२ सम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु रहने बैंकले जनाएको छ।
सिटिजन्स बैंक १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकको प्रस्तावित लाभांश आज पारित हुँदै
आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७९
४ कार्तिक, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो