काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश र लुम्बिनी क्लष्टर अन्तर्गतको बिजनेश एक्सिलेन्स (अभिकर्ता सम्मान) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
होटल सिद्धार्थ सन्नी रिसोर्टमा आयोजित कार्यक्रममा कर्णालीको दैलेख,सुर्खेत, लुम्बिनीको भुरीगाउँ, कोहलपुर र नेपालगंज शाखाका क्लब मेम्बर र बिजनेश म्यानेजर अभिकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सहभागीहरुलाई कम्पनीको अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र प्रदेश प्रमुख विजय पराजुलीले सम्मान पत्र तथा ट्रफी सहित सम्मान गरेका थिए ।
त्यस क्षेत्र अन्तर्गत क्लब मेम्बरतर्फ क्रमशः पुष्पा सिंह ठकुरी, विवेक पोखरेल र केदार नाथ कोइराला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेकोमा ट्रफी प्रदान गरिएको थियो । त्यसैगरी बिजनेश म्यानेजरतर्फ हरिमाया बुढा, दिलमाया बुढामगर र महेन्द्र बहादुर सिंहलाई प्रथम, द्वितीय र तृतीय अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रशिक्षक भागवत घिमिरेले उत्प्रेरनात्मक तालिम दिएका थिए । सम्मान कार्यक्रममा दैलेख,सुर्खेत, कोहलपुर, नेपालगंज र भुरीगाउँ शाखाका शाखा प्रबन्धकहरुको समेत सहभागीता रहेको थियो ।
एशियन लाइफ इन्स्योरेन्सले यसवर्ष प्रदेश स्तरमा अभिकर्ताहरुको सम्मान कार्यक्रम आयोजना गरिरहेको छ ।
एशियन लाइफको बिजनेश एक्सिलेन्स कार्यक्रम भव्यताका साथ सम्पन्न
आर्थीकसंसार संवाददाता३१ असोज, २०७९
३१ असोज, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?