काठमाडौं । वि.स. २०७८ भदौ २ गते नेप्सेले ऐतिहासिक ३२०० को विन्दु छोएपछि बजार एक वर्ष भन्दा धेरै समय देखि बियरिस ट्रेण्डमा रहँदै आएको छ । यो बीच धेरै कम्पनीको शेयर मुल्य निकै धेरै घटेको छ । हाल नेप्से १९०० मुनी बसेको छ । यो घटाईमा बीमा कम्पनीको शेयर मूल्यपनि निकै घटेको देखिन्छ ।
नेपाल लाइफ र नेपाल पुनर्बीमा कम्पनी ५२ हप्ताको न्यून मुल्यमा :
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अहिले ५२ हप्ताको न्यून मूल्यमा रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य रु. ५७७ रहेकोमा दशैँ अघि बजार बन्द हुँदा त्यही मूल्यमा नै बन्द भएको छ। नेपाल लाइफको ५२ हप्ताको उच्च मूल्य रु. १८१० रहेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५२ हप्ताको न्यून मूल्य रु. ५७५ रहेकोमा कम्पनीको हाल बजार मूल्य रु. ५८३ रहेको छ । नेपाल पुनर्बीमाको ५२ हप्ताको उच्च मूल्य रु. १५९० रहेको छ ।
बीमा कम्पनी मध्ये सर्वाधिक बजार मूल्य भएको राष्ट्रिय बीमा कम्पनी पनि ५२ हप्तामा २० हजार माथि पुगेकोमा अहिले १२ हजार माथि बजार मूल्य रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्यपनि १२ हजारकै माथि रहेको छ ।
हाल बीमा कम्पनी मध्ये सबै भन्दा कम बजार मूल्य भएको युनाईटेड इन्स्योरेन्सको ५२ हप्ताको न्यून मूल्य रु. ३२५ रहेकोमा ५२ हप्ताको उच्च मूल्य रु. ७८८ रहेको छ । हाल कम्पनीको बजार मूल्य रु. ३४३ दशमलव ९० रहेको छ।
५२ हप्तामा बीमा कम्पनीहरुको उच्च र न्यून मूल्य कति ?
आर्थीकसंसार संवाददाता२२ असोज, २०७९
२२ असोज, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?