News Portal

  • लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
    ५१९ पटक
    १२ असोज, २०७९

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४३औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएको छ ।
    यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएकाे छ ।
    यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस्