News Portal

  • एनसीसी र कुमारी बैंककाे सेयर कारोबार राेक्का

    आर्थीकसंसार संवाददाता११ असोज, २०७९
    ३९५ पटक
    ११ असोज, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरिएको छ ।
    सोमबार (असोज १० गते) एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएसँगै असोज ११ गते मंगलबारदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरिएको हो ।
    मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम एनसीसी र कुमारी बैंकको सेयर रोक्का गरिएको हो । यससँगै अब मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार भएपछि मात्रै मर्जरपछि बन्ने कम्पनीको नामबाट दोश्रो बजारमा कारोबार खुल्ने छ ।

     

    प्रतिकृया दिनुहोस्