काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “वे टु लिस्टिङ” सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा सुचित गराउँदछौं ।
सोही सेवाअन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडका तर्फबाट कम्पनिका अध्यक्ष कृष्णप्रसाद बजगाईंले हस्ताक्षर गर्नुभयो ।
इजराईलबाट कृषिसम्बन्धी सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकासलगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै कम्पनीले आफ्नो सहायक कम्पनि ए.एन.एम.सि.एग्रो प्रा.लि.मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्री–वितरणसमेत गर्दै आईरहेको छ । आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड तथा गण्डकी प्रदेश सरकार, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल आर्मी व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, र कर्णाली प्रदेशका स्थानीय निकायसँगको साझेदारीमा व्यवसायिक ‘इन्कुवेसन सेन्टर’ मार्फत “Learn and Do” तालिम सञ्चालन गर्दै आइरहेको छ । यसका अतिरिक्त कम्पनिले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन हुने व्यवसायिक कृषि उद्यम विकास कार्यक्रमको कार्यान्वयन साझेदारको रुपमा समेत कार्य गर्दै आइरहेको छ । नेपालको कृषि क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएवापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट “सर्वोत्कृष्ट उद्यमि पुरष्कार” तथा “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट पुरस्कृत भइसकेको छ ।
कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच सम्झौता
आर्थीकसंसार संवाददाता९ असोज, २०७९
९ असोज, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो