काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले ५ औं वार्षिकोत्सवको अवसरमा बेसिशहर बजारको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बोर्ड सहयोग गरेको छ । कम्पनीले बेसीशहर बजार क्षेत्रका लागि १० वटा ट्राफिक बोर्ड हस्तान्तरण गरेको हो ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ प्रहरी हवल्दार जेहेन्द्र सिंखडालाई पार्किङ निषेध बोर्ड हस्तान्तरण गरेका हुन् । अर्यालले ट्रफिक बोर्डले बजार व्यवस्थापनमा सहज हुने बताए ।
ट्राफिक व्यवस्थापनमा चुनौती भइरहेको समयमा इन्स्योरेन्सले इट्टा थप्ने काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । ट्राफिक व्यवस्थापन स्थानीय तहको भूमिका पनि महत्वपूर्ण रहने भएकाले यसमा ध्यान दिने बताए । उनले भदौ २४ गतेबाट पार्किङ निषेध क्षेत्रमा पार्किङ गरेमा कारबाही गरिने बताए ।
उनले वीमा कम्पनीहरुले जिउँदै हुँदैमा पनि भुक्तानी दावी गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । सेवाग्राहीलाई धेरै झुलाउन नहुने भन्दै तुरुन्त भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेका छन् ।
शाखा प्रबन्धक राजु गुरुङका अनुसार प्रति बोर्ड ३ हजार रुपियाँ मूल्य परेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर ३० हजार रुपैयाँ मूल्य बराबरको सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल बार एसोसिएसन लमजुङका उपाध्यक्ष माधव बसौला, नेपाल बैंक लिमिटेडका प्रबन्धक किरण बराल, ज्योति विकास बैंकका प्रबन्धक किरण तिवारी, मेगा बैंकका प्रबन्धक सुजन पौडेल, गरिमा विकास बैंकका प्रबन्धक सुरेश थापा, अजोड इन्स्योरेन्सका शाखा प्रमुख रोनिश परियार, पोटेन्सीयल इन्स्यारेन्सका शाखा प्रमुख कृष्ण थापा, सगरमाथा इन्स्योरेन्सका प्रमुख राजन रावल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखा अन्तर्गत करोडपति एन्जेसी, एमडीआरटी, स्टार क्लबको अभिकर्ताहरुको उपस्थिति थियो ।
रिलायबल नेपालद्धारा बेसिशहर नगरपालिकामा ट्राफिक बोर्ड सहयोग
आर्थीकसंसार संवाददाता१६ भदौ, २०७९
१६ भदौ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?