आर्थीकसंसार संवाददाता१५ भदौ, २०७९
१५ भदौ, २०७९काठमाडौं । बैंक अफ काठमाण्डू र मेरो स्टोरबीच सम्झौता भएको छ । बैंक र स्टोरबीच बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात बैंकका ग्राहकलाई रुपन्देहीमा रहेको मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।