News Portal

  • सर्वसाधारणले ५ रुपैयाँमै मोबाइलबाट बीमा गर्न पाउनु पर्छ : अध्यक्ष सिलवाल

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७९
    ३५२ पटक
    १४ भदौ, २०७९

    काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधारणले ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । सोमबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले सर्वसाधारणले आफ्नो मोबाइलबाटै ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।
    ‘अब पाँच रुपैयाँमै बीमा गर्न सकिने वातावरणको सिर्जना हामीले गर्न सक्नु पर्छ, यो समय प्रविधिको हो,’ उनले भने । उनले अहिले लघुबीमाको पहुँच जम्मा २ प्रतिशत मात्रै भएकोले यसको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए ।
    यस्तै, उनले गरिबलाई बीमाको आवश्यकता छ भएकोले लघुबीमाको नीति ल्याएको बताए । गरिबी निवारणको लागि मुख्य साधन लघुबीमा भएको बताउँदै उनले यसले नागरिकलाई जागृत गराउने धारणा राखे ।
    ‘बीमितले सरेन्डर गराउन पाउनु पर्छ, त्यस्को लागि ३ बर्षको समय तोकिएको छ, बीमा गराए पछि सस्टेन गराउन सक्नु पर्छ,’ उनले भने ।
    यस्तै, उनले अहिले बीमा समितिले कम्पनी मर्जरको विषयलाई प्राथमिकताका साथ हेरेको बताउँदै चैतपछि मर्जरमा नजाने कम्पनीलाई फोर्स मर्जरमा लैजाने धारणा राखे ।

    प्रतिकृया दिनुहोस्