News Portal

  • सनराइज बैंकको थप ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७९
    २७४ पटक
    १४ भदौ, २०७९

    काठमाडाैं । सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका थप ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेकाे छ । बैकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।
    बैंकले सिराहकाे ईटारी प्रसाही, रौतहटकाे फतुवाविजयपुर नगरपालिका, सिराहा जिल्लाको लहान नगरपालिका र झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६ मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे ।
    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
    कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्