News Portal

  • नेपाल मर्चेन्ट बैंकर संघद्वारा “एमबान स्र्पोट्स मिट २०२२” खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७९
    ५४१ पटक
    १४ भदौ, २०७९

    काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘Together for a Healthy Lifestyle’ भन्ने नारासहित पहिलो पटक “एमबान स्र्पोट्स मिट २०२२” (“MBAN Sports Meet 2022”) अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरुसमेत सहभागि हुन गइरहेका छन् ।
    उतm प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्र्पधा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।
    सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।

    प्रतिकृया दिनुहोस्