भक्तपुर । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले Channel Financing , QR Merchant र Fone Loan को बारेमा छलफल गरेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पु-याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए ।
उनका अनुसार Nabil Channel Financing ले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने Nabil Channel Financing ले अब QR व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसै गरि उनले QR व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल QR र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए ।
कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा सुजन केसी, प्रहरी निरिक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो भने संवाद कार्यक्रमको संचालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए ।
मोबाइल व्यवसायीसँग नबिल बैंकले गर्यो वित्तीय अन्तरक्रिया कार्यक्रम
आर्थीकसंसार संवाददाता१० भदौ, २०७९
१० भदौ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो