News Portal

  • स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाईनान्स लिमिटेडबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७९
    ५१५ पटक
    २ भदौ, २०७९

    काठमाडौँ । आईसीएफसी फाईनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
    सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आईसीएफसी फाईनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (ICFC Finance Smart) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ ।
    उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्