News Portal

  • नबिल र वाणिज्य बैंकमा नेपाल ट्रस्टको पौने ११ लाख कित्ता सेयर

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७९
    ५३४ पटक
    ३१ साउन, २०७९

    काठमाडौं । नेपाल ट्रस्टसँग चल र अचल गरि ठूलो मात्रामा सम्पत्ति रहेको देखिएको छ । नेपाल ट्रस्टको कार्यालयले आर्थिक वर्ष ०७७/७८ को ढिलो गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल ट्रस्टसँग नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको लाखौं कित्ता सेयर रहेको छ ।
    आर्थिक वर्ष ०७७/०७८ को अन्तिम सम्मको तथ्यांकअनुसार नेपाल ट्रस्टसँग नबिल बैंकको १० लाख ६५ हजार २ सय २ कित्ता सेयर रहेको छ । त्यस्तै ट्रस्टसँग राष्ट्रिय बाणिज्य बैंकको ६ हजार ७ सय ५० कित्ता सेयर रहेको उक्त कार्यालयद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    नेपाल ट्रस्टसँग बैंकको अलावा होटल डेला अन्नपूर्णको पनि ३० हजार ७ सय २० कित्ता सेयर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    त्यस्तैगरी आर्थिक वर्र्ष ०७७/७८ को अन्त्यसम्म ट्रस्टको बैंकमा नेपाली रुपैयाँमा नगद बचत १ अर्ब २ करोड ६४ लाख १९ हजार ९ सय ८४ रुपैयाँ ८ पैसा, अमेरिकी डलर १ लाख ५४ हजार ९ सय २६ र पाउन्डस्र्टलिङमा ५१ हजार ४ सय २८ बचत रहेको छ ।
    सोही आर्थिक वर्षसम्म संकलित डाटाअनुसार नेपाल ट्रस्टको स्वामित्वमा २१ हजार ६ सय ३३ रोपनी १५ आना जग्गा आएको सो कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्कालिन राजा विरेन्द्र र उनको परिवारको स्वामित्वमा रहेको निजी सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा आएको हो ।

    प्रतिकृया दिनुहोस्