News Portal

  • सूर्या लाइफको खुद बीमाशुल्क १८% ले बढ्दा जीवन बीमा कोषको आकार १४ अर्बमाथि,अधिकांश सूचकमा प्रगति

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७९
    ५७६ पटक
    २९ साउन, २०७९

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा राम्रो प्रगति भएको देखिन्छ ।
    समिक्षा अवधिमा कम्पनीले १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोडमाथि नाफा कमाएको छ । यस अवधिमा कम्पनीको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ७४ प्रतिशतले घटेको हो ।
    गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ दशमलव ६८ प्रतिशतले बढी हो ।

    २ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । जगेडा कोषमा ६६ करोड ५६ लाख रुपैयाँंचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो ।
    समिक्षा अवधिमा कम्पनीले १ अर्ब १३ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ७० लाख ५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम ३१ प्रतिशतले बढी हो ।
    समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ६१ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । यस वर्ष कम्पनीले ५ अर्ब ५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब २३ करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । ६७ लाख ७ हजार रुपैयाँ कम्पनीको भुक्तानी हुन बाँकी दाबी रहेको छ ।

    प्रतिकृया दिनुहोस्