News Portal

  • जीवन बीमक संघले दुई संस्थालाई दियो ७० लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२४ साउन, २०७९
    ६१४ पटक
    २४ साउन, २०७९

    काठमाडाैं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई ७० लाख रुपैयाँ बराबरको सहयाेग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्ट गरी  दुई संस्थालाई सहयाेग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण  गरेकाे हाे ।
    संघले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोईरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख रुपैयाँ हस्तान्तरण गरेकाे हाे ।
    समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचालन गरिरहेकाे छ ।
    त्यसैगरी, काठमाडौं  इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-०७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने र नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्