काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बंैक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बंैक र बंैक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ ।
ग्यारेन्टी बापतको रकम सम्बन्धित बंैकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा पैmसला गरेपछि अब चाईना कन्सट्रक्सन बंैकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ ।
फैसला अनुसार हिमालयन बंैकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नबेम्बर ६, २०२० मा पनि नेपाली बंैकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।
हिमालयन बंैक र बंैक अफ काठमाडौंले सन् २००८ मा चाईना कन्सट्रक्सन बंैकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।
हिमालयन बंैक न्यायका लागि यति लामो समयसम्म अनवरत सहयोग गर्ने नेपाल सरकार मन्त्री परिषदको कार्यालय, परराष्ट्र मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, चीन सरकारसंग सम्बन्धित संस्थाहरु, बेजिङ्ग स्थित नेपाली राजदूतावास, चिनका लागि नेपाली पुर्वराजदूतहरु, नेपाल राष्ट्र बंैक, मेलम्ची खानेपानी आयोजना र बंैकको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ताहरुलगायत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद ज्ञापन समेत गरेको छ ।
हिमालयन बैंकले जित्यो मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा
आर्थीकसंसार संवाददाता१८ साउन, २०७९
१८ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?