काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले तल्लो कर्णाली क्षेत्रमा बाढीमा आधारित मौसम सूचकाङ्क बीमा शुरु गरेको छ । वर्षातको समयमा नदीको सतह बढेर, धान बालीमा क्षति भएको अवस्थामा बीमा गरेका कृषकले पूर्व निर्धारित मापदण्ड अनुसारको क्षतिपुर्ती पाउने हुनाले कृषकले बाढीबाट धान उत्पादनमा हुने क्षतिको चिन्दा गर्नु नपर्ने भएको छ ।
धानबाली लगाएको समयमा नदीमा बाढी आउदा नदीको सतह निर्धारित स्तर भन्दा बढी भएमा यस बीमा अन्तर्गत दाबी भुक्तानी हुनेछ । यसको लागि जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कैलाली जिल्ला चिसापानी स्थित नदीको जलमापन केन्द्र, २८० को जलस्तरको तथ्याङ्कको आधारमा बीमाबाट क्षतिपुर्ती प्रदान गरिने कम्पनीले जनाएको छ ।
कर्णाली नदीको जलस्तर बाढीको कारणले बढेर, एक जुन २०२२ (२०७९ जेठ १८) गतेदेखि ३१ अक्टोबर (२०७९ कार्तिक १४) सम्म चिसापानी स्थित जलमापन केन्द्र अनुसार १०.८० मिटर भन्दा बढी भएमा यस बीमा अन्तर्गत बीमा गरेका कृषकले दाबी पाउने छन् ।
नदीको स्तर बढ्दै गएर दाबीको मात्रा बढ्दै जान्छ र चिसापानी स्थित नदीको जलमापन केन्द्र अनुसार नदीको स्तर १४.८१ मिटर भन्दा बढी भएमा बीमाङ्क रकमको शत प्रतिशत दाबी भुक्तानी हुनेछ ।
यो सामुहिक बीमाको अवधारणामा संचालन गरिने भएकोले दाबी भुक्तानी सहज र पारदर्शी रुपमा हुनेछ । दाबी भुक्तानी सहकारी मार्फत प्रदान गरिने हुनाले दाबी प्रकृयामा बीमित कृषकको लागि सहज हुनेछ । जसमा सहकारी संस्थाबाट बीमित कृषको खातामा दाबी रकम जम्मा हुनेछ । यो बीमाको बीमाशुल्क ७ प्रतिशत लाग्नेछ । अर्थात एक लाखको धान बाली उत्पादनको मूल्यको बीमाशुल्क ७ हजार र बीमित कृषकको व्यक्तिगत बापत ५० रुपैयाँ तिर्नुपर्नेछ । बीमित कृषकको दुर्घटनाबाट मृत्यु भएमा २ लाख नजिकको हकदारले प्राप्त गर्नेछन् । बीमा गर्नका लागि शिखर इन्स्योरेन्स कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
शिखरले ल्यायो मौसम सूचकाङ्कमा आधारित बाढी बीमा, बाढी आउने वित्तीकै स्वत दाबी पाइने
आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
१३ साउन, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न