काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रकम भुक्तानी गरेको हो ।
ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो ।
माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाखसम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेव प्रदान गर्दै आइरहेको ।
माछापुच्छ्रे बैंकले तलबी खातामा रहेको दुर्घटना बीमा वापत दियो ७ लाख
आर्थीकसंसार संवाददाता११ साउन, २०७९
११ साउन, २०७९- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?