आर्थीकसंसार संवाददाता३१ असार, २०७९

काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनीस्थित लुम्बिनी विकास कोष परिसरमा एक्सटेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले गरेका थिए ।
सो उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास कोषलाई १०० वटा डस्टबिन हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकुनले पीओएस मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्घाटन गरे ।
बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।