काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नविकेको हकप्रद बोलकबोलकर्ताले आधार मूल्यमा प्राप्त गरेका छन् । हिजो खोलिएको शिलबन्दी बोलपत्र पछि कटअफ प्राइस १०० रुपैयाँ पर्न आएको छ । कम्पनीले असार १९ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गर्दा अधिकतम १२३ रुपैयाँ र न्युनतम १०० रुपैयाँसम्मको लागि आवेदन परेको थियो । कम्पनीका अनुसार बोलकबोल मार्फत ३२ लाख ९० हजार कित्ता शेयर बिक्री भएको छ ।
कम्पनीले गत जेठ ११ गतेदेखि असार १९ गतेसम्म साविक संस्थापकहरु सँग ५० प्रतिशत हकप्रद आह्वान गरेको थियो । साविका शेयरधनीहरुले आफ्नो हिस्साको शेयर खरिद नगर्दा ४७ प्रतिशत शेयर बिक्न सकेन । कम्पनीले मर्जरका लागि बार्गेनिङ पावर बढाउन ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
महालक्ष्मी लाइफले आइपिओ निष्काशन गरिसकेका बीमा कम्पनीहरु सँग मर्जरका लागि प्रस्ताव गरिरहेको छ । आइपिओ निष्काशन गरिसकेका बीमा कम्पनीहरु सँग मर्जर गर्दा मर्जर पछि सर्वसाधारण र संस्थापक शेयरधनीको अनुपात मिलाउन पनि एफपिओ निष्काशन गर्न पाउने छन् ।
बीमा समितिले बीमा कम्पनीहरुलाई २०७९ चैतसम्ममा तोकिएको चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न नदिइ तोकिएको पूँजी जुटाउन मर्जरका लागि दवाव दिदै आएको छ । महालक्ष्मी लाइफ पनि मर्जरको लागि दवावमा छ । बोलकबोल मार्फत केहि इन्भेष्टमेन्ट कम्पनी, हाइड्रोपावर तथा साधारण लगानीकर्ताले खरिद गरेका छन् । बोलकबोल मार्फत कम्पनीमा शेयरधनीको संख्या थप बढेको छ ।
महालक्ष्मी लाइफको नविकेको हकप्रद बोलकबोल मार्फत आधार मूल्यमै बिक्री, हाइड्रो र इन्भेष्टमेन्ट कम्पनीले उठाए
आर्थीकसंसार संवाददाता२८ असार, २०७९
२८ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?