काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीकाे अधिकृत पुँजी वृद्धि गर्न प्रस्ताव पारित गरेकाे छ । साेमबार सम्पन्न कम्पनीकाे विशेष साधारण सभाले अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब हुने गरी प्रस्ताव पारित गरेको हाे ।
यस्ते सभाले अन्य कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतीको लागि बीमा समिति समक्ष निवेदन दिने प्रस्ताव पारित गरेकाे छ ।
सभाले एक आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु पारित गरेको छ ।
साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरु प्रस्तुत गरेका थिए । सभामा कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का र बद्री प्रकाश पोखरेलकाे उपस्थिती रहेकाे थियाे ।
रिलायन्स लाइफ इन्स्योरेन्सले अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब पुर्याउने
आर्थीकसंसार संवाददाता२० असार, २०७९
२० असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो