काठमाडौं । एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको सुरुवात गरेको छ ।
बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरुवात गरेको हो ।
हालका एनआइसी एशिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एशिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्ने र नयाँ ग्राहकले प्लेस्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।
एपको स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नीच्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।
साथै, यस बैंकमा खाता नहुनेले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप ओम्नीच्यानलमा स्तोरन्नति
आर्थीकसंसार संवाददाता१९ असार, २०७९
१९ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो