News Portal

  • सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ६१२ पटक
    १६ असार, २०७९

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा २०७९ असार १६ गतेदेखि असार ३२ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने कम्पनीले जनाएको छ ।


    कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ । व्यतित बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेखको बीमा शुल्क भुक्तानी गरी ब्याज छुटको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।
    कम्पनीले अनलाइन भुक्तानीका लागि इ सेवा, फोन पे, केनेक्ट आइपिएस, अल्ति र आयएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्