काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित मोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले उक्त ठाउँमा ४०० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।
प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका ४०० भन्दा वढि इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गरको जनाएका छन् । यसरी क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त रु। १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।
‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ ।
बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित उत्तरदायी बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।
एनआइसी एशिया बैंकले विराटनगर शाखाबाट धेरै संख्यामा वितरण गर्यो क्यूआर कोड
आर्थीकसंसार संवाददाता१४ असार, २०७९
१४ असार, २०७९- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?