News Portal

  • एनएमबि बैंकका ग्राहकलाई धनगढीस्थित भाटभटेनीमा किनमेल गर्दा छुट

    आर्थीकसंसार संवाददाता९ असार, २०७९
    ६५१ पटक
    ९ असार, २०७९

    काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।
    यो योजना असार १२ गतेदेखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा लागु हुने बैंकले जनाएको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्