काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा १ वर्ष अघि जीवन बीमा गराएका सर्लाही जिल्ला बर्हथवा नगरपालिका वडानं १६ निवासी स्वः छेदी सहनी मलहाको परिवारलाई २ लाख १२ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।
छेदी सहनिको गत बैशाखमा मृत्यु भएको थियो । उनले २ लाख रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । जसमा ११५६० प्रथम बीमा शुल्क तिरेका थिए ।
बर्हथवामा बुधबार आयोजित एक कार्यक्रममा एलआइसीको बर्हथवाका शाखा प्रमुख प्रकाश कार्कीले मृतकको हकवाला सरस्वती देवि सहनिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण निज को घर मा गएर दिएका थिए ।
चेक हस्तान्तरण पछि शाखा प्रमुख प्रकाश कार्कीले जीवन बीमाको महत्वको बारेका प्रकाश पारेका थिए । उनले अभिकर्ता तथा एजेन्सीहरुलाई जीवन बीमाको महत्व बुझाउन गाँउ शहरमा अभियान थाल्न अनुरोध समेत गरेका थिए ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्धारा मृत्यु दावी भुक्तानी
आर्थीकसंसार संवाददाता१ असार, २०७९
१ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?