आर्थीकसंसार संवाददाता२७ जेठ, २०७९
२७ जेठ, २०७९काठमाडौं । महालक्ष्मी विकास बैंक र महेन्दपुल पोखरामा अवस्थित ओम हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटल सँग सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।