News Portal

  • नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
    ८११ पटक
    २४ जेठ, २०७९

    काठमाडौं । नेपाल बैंकले ुआर्थिक समृद्घिका लागि वित्तीय साक्षरताु नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । बैंकले मंगलबार प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तिका सार्वजनिक गरेको हो ।
    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न सो पुस्तिका उपयोगी हुने बताए ।
    यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको र पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन गरेको हो ।मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता वित्तीय समावेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको बताउँदै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने बताए ।

     

    प्रतिकृया दिनुहोस्